घुम्ती

Ashuta
Dec 3, 2024

--

Photo by Sebastian Grochowicz on Unsplash

घुमी ओरी फेरी त्यहीँ आइपुगेँ
अस्तिको बर्षाको ओसिलो तेत्तिकै थन्किरहेछ
जिन्दगी गोलो रहेछ ।

बादलका फोका छोड्दै पिलेन उडिरहेछ
अन्त्यको ढिको कोर्दै निहुँ खोज्न तम्सिरहेछ
जिन्दगी गोलो रहेछ ।

एकमा एक जोडदै गणित तन्किरहेछ
पर्खालपारिका छायाँ गन्दै अन्धकार अघी लम्किरहेछ
जिन्दगी गोलो रहेछ।

कुन्नी केको आवेसमा हो सिथिल गगन पनि बिजुली सँगसगैँ चम चम चम्किरहेछ
मेरै लागि हो झैँ आज बतास पनि म ढले तिरै ढलिरहेछ
जिन्दगी गोलो रहेछ।
जिन्दगी शुन्य रहेछ।
यती नै हो रहेछ।

--

--

Ashuta
Ashuta

Written by Ashuta

Grad Student | Computer Engineer | Amateur writer

No responses yet