(द सेल्फ डिस्ट्रक्टिभ हार्ट)
घरि घरि लाग्छ मनै फेरिदिउँ
अर्कै मान्छे बनिदिउँ,
जो बाँधिएर बाँधिदैन,
जो उड्छ, अनि धर्ति हेरेर अतालिदैन,
जो सिसा तोड्छ, तर सिसाका टुक्रा गनि आफैँलाइ कोतार्दैन ।
तर म त्यो मान्छे होइन —
म आफैँलाइ बाँधछु र बाँधिएकोमा बिलौना गर्छु
म उड्न खोज्छु, म फुट्न खोज्छु, म फुटाउन खोज्छु
म पँखॆटा फिजाँउछु, म हात पनि लम्काँउछु
तर उड्दै नउडि पछुताउछुँ ।
मनमा चिसो पस्छ — म त्यो मान्छे होइन ।
तर मलाइ हुने मन छ,
आफैँले बाँधेको डॊरी टॊकेर फुकाउने मन छ,
मन फेरिदिने मन छ,
भुक भुक उम्लिएर छताछुल्ल हुने मन छ ।
तर उम्लिदै गरेको पानीझैँ न शान्तिले बस्न सक्छु,
न भाँडाबाट उम्किनै सक्छु
लाग्छ आँटॆ बिनानै सुकेर जान्छु,
अनि आफ्नै आट्ने कौतुहल्ता देखेर आफैँलाइ सराप्दै बस्छु —
म त्यो मान्छे होइन ।